काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ। आज बिहान बालुवाटारमा संबन्धीत निकायका पदाधीकारीहरुलाई बोलाएर गरेको छलफलमा उहाँले सम्बन्धित मन्त्रालयसहितका निकायलाई यस्तो निर्देशन दिनुभएको हो।
सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने,सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर समस्यामुक्त तथा व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढङ्गले आवश्यक गृहकार्य गर्न तथा हाल राम्रा, सङ्कटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्नसरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिनुभएको छ।
उहाँले सहकारीको अनुगमन गर्न नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको बताउनुभयो। उहाँले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिनसमेत आग्रह गर्नुभयो।