काठमाडौं। नेपाली कांग्रेसले सुरु गर्न लागेको ‘समुदायमा कांग्रेस’ अभियानमा खटिने नेतालाई अभिमुखीकरण दिइने भएको छ। केन्द्रीय कार्यालय सानेपामा माघ ७ गतेदेखि माघ २२ गतेसम्म अभियानका लागी जिल्ला खटिने नेताहरूलाई आज अभिमुखीकरण दिन लागिएको हो।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माल उक्त अभियानका लागि जिल्ला खटिने प्रतिनिधिलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले अभिमुखीकरण दिन लागिएकोे जानकारी दिनुभयो।
गत कात्तिकमा समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी थियो। तर, दसैं–तिहार र जाजरकोट भूकम्पको कारण देखाउँदै कांग्रेसले पुस १५ मा बसेको केन्द्रीय समिति बैठकबाट अभियानलाई माघ ७ देखि २२ सम्मका लागि तय गरेको थियो ।
विश्वकर्माका अनुसार आज ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने तयारी छ। अभियानमा संगठन सुदृढीकरण, कार्यकर्ता तथा नागरिकका गुनासा र सुझाव लिने कांग्रेसको तयारी छ ।