काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाडाको निवास धुम्बाराहीबाट आफ्नो निजी निवास बुढानीलकण्ठ सर्नुभएको छ। आज विहान साढे १० बजे देउवा हालसम्म बस्दै आउनु भएको धुम्बाराहीस्थित भाडाको निवासबाट आफ्नो निजी निवास फर्किनु भएको हो।
प्रधानमन्त्री नियुक्त भएलगत्तै २०७८ असार २९ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएका सभापति देउवा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको थियो ।
त्यतिबेला बुढानीलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा भाडाको घरमा सर्नुभएको थियो। धुम्बाराहीमा ३० महिना बिताएर देउवा आज निजी निवास सर्नुभएको हो ।