Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीले दिए निर्देशन

प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीले दिए निर्देशन

  • बुधवार, माघ ३ २०८०

  • 375
    SHARES

  • प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीले दिए निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्रीले आज बिहानै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीलाई बोलाएर प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिनुभएको हो ।

    संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएको हो ।

    संघीयता कार्यान्वयन जुन गतिका साथ हुनुपर्ने हो त्यसो हुन नसकिरहेको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएको र अर्कोतर्फ यसैलाई बहाना बनाएर विरोधीहरूले संघीयतामाथि हमला गरिरहेको आरोप लगाउनुभयो ।

    प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि बढेको छैन ।


    बुधवार, माघ ३ २०८०११:१७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij