काठमाडौं । संघीय संसदको सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीन वटा उजुरी परेको छ । अर्थमन्त्री रहेका खतिवडा पदमुक्त भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको थियो ।
त्यसपछि मन्त्रिपरिषद्ले खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो ।
त्यसैगरी, बेलायतका लागि प्रस्तवित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ । आज सुनुवाई समितिको बैठकले उजुरी खोलेको छ तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समितिले जनाएको छ ।
उजुरीकर्तालाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना निकालेर यहि कात्तिक १७ गते छलफलमा आउन आहृवान गर्ने निर्णय भएको समितिले जनाएको छ ।