Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपालमै पर्वतीय देशहरुको सम्मेलन गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

नेपालमै पर्वतीय देशहरुको सम्मेलन गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, माघ २ २०८०

  • 442
    SHARES

  • नेपालमै पर्वतीय देशहरुको सम्मेलन गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा छिट्टै पर्वतीय देशहरुको सम्मेलन गरिने बताउनु भएको छ।आज काठमाडौंमा आयोजित २६ औं भूकम्प सुरक्षा दिवस विषेश कार्यक्रममा बोल्दै पर्वतीय देशहरुमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सरकारले उक्त सम्मेलन गर्ने विचार गरिरहेको बताउनुभएको हो।

    उहाँले पर्वतीय देशहरुका लागि संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउन लागेको उल्लेख गर्दै त्यो नेपालका लागि खुशी र गौरवको विषय भएको पनि बताउनुभयो ।

    उहाँले स्थानीय सरकारलाई विपद् जोखिम न्युनिकरण तथा पूर्वतयारीमा मजबुत बनाउने र साधन स्रोत सम्पन्न बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो। उहाँले प्रदेशमा विपद् व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाउने कामलाई पनि सरकारले अघि बढाएको बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितहरुको आवास निर्माणका लागि बजेटको अभाव हुन नदिन सरकार सचेत रहेको पनि बताउनुभयो।


    मंगलवार, माघ २ २०८००५:४०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij