Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको सचिवालयका १३ कर्मचारी कटौती

प्रधानमन्त्रीको सचिवालयका १३ कर्मचारी कटौती

  • मंगलवार, माघ २ २०८०

  • 703
    SHARES

  • प्रधानमन्त्रीको सचिवालयका १३ कर्मचारी कटौती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारी कटौती गर्नुभएको छ। सचिवालयमा धेरै कर्मचारी नियुक्त गरेको टिप्पणी बढेपछी प्रधानमन्त्रीले एकैपटक १३ जना कर्मचारी कटौती गर्नुभएको हो ।

    प्रधानमन्त्रीको सचिवालयबाट ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन्। उनिहरुलाई माघ १ गते हिजोबाट लागु हुनेगरी हटाइएको हो ।

    प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले प्रधानमन्त्रीकै निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको जानकारी दिनुभयो।

    दरैका अनुसार यसअघि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए ।


    मंगलवार, माघ २ २०८००२:५७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij