Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका छैन : सुवाल

नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका छैन : सुवाल

  • मंगलवार, माघ २ २०८०

  • 427
    SHARES

  • नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका छैन : सुवाल

    काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकास गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने बताउनु भएको छ ।

    २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

    उहाँले प्रधानमन्त्रीले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपु¥याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिनुभयो।

    उहाँले अघिल्लो सरकारहरूले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताउनुभयो। राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताउनुभयो ।

    जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न उहाँले चेतावनी दिनुभयो । नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उहाँको आरोप छ ।

     


    मंगलवार, माघ २ २०८००१:३५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij