काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकर्ण विष्टले सरकारले उपलब्ध गराएको दसैंभत्ता फिर्ता गरेको जानकारी दिएका छन्।
कोभिड १९ देश चरम आर्थिक संकटमा परेको र लाखौं नेपालीले रोजगार गुमाइरहेका र विपन्न नागरिकले दुई छाक टार्न धौधौ भएका बेला सरकारले दिएको दसैं खर्च लिन नहुने उनले उल्लेख गरेका छन्।
कार्तिक २ गते एक विज्ञप्ति निकाल्दै उनले सरकाले आफूलाई दिएको भत्ता फिर्ता गरेको जानकारी दिएका हुन्। आम नागरिकले रोग र भोकसँग जुधिरेहेको यो संकटपूर्ण घडीमा अनावश्यक सुविधा कटौती गरेर सरकार जनताको उपचारमा केन्द्रित हुनुपर्ने पनि उनले सुझाएका छन्।
दसैंको नाममा सुविधाबापत दिन लागिएको थोरै भए पनि सर्वसाधारणको उपचार र राहतमा सहयोग पुगोस् भन्ने भावनाले यसै पत्रसाथ संघीय संसद सचिवालयमा चेकमार्फत फिर्ता गरिएको उनले पत्रमा उल्लेख गरेका छन्।
