Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारले नै संविधान विपरितका काम गरिरहेको छः भिम रावल

सरकारले नै संविधान विपरितका काम गरिरहेको छः भिम रावल

  • सोमवार, माघ १ २०८०

  • 634
    SHARES

  • सरकारले नै संविधान विपरितका काम गरिरहेको छः भिम रावल

    काठमाडौं।नेकपा एमालेका नेता डा. भिम रावलले सरकारले संबिधान विपरितका काम गरिरहेको आरोप लगाउनु भएको छ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता डा. रावलले यस्तो आरोप लगाउनु भएको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको दैनिकि र जनजिविकाको पक्षमा काम गर्न चुकेको र भाषणलाई मात्रै प्राथमिकता दिदै आएको उहाँको टिप्पणी छ।नेता रावलले प्रधानमन्त्री प्रचण्डले आँफुले गरेको भाषण तत्कालै भुल्ने गरेको बताउनु भयो।

    केही समय पहिले प्रचण्डले २१ औं शताब्दीको जनवाद लागु गरको भन्ने हास्यास्पद अभिव्यक्ति दिएको टिप्पणी गर्दै देशमा कुन स्थानमा र कहाँ लागु छ ? भन्दै प्रश्न गर्नुभयो। नेता रावलले प्रचण्डले कम्युनिष्टको खोल ओढेर सत्ताको लागी जुनसुकै हर्कत गर्न पनि पछी नहटेको आरोप लगाउनु भयो।

    कांग्रेसको काँधमा चढेर विचार, सिद्धान्त केही नमिल्ने सिके रावतहरुसँग काँधमा काँध मिलाएर हिड्नु लाजमर्दो काम भएको उहाँको भनाई थियो। उहाँले प्रधानमन्त्री प्रचण्डकै कार्यशैलिका कारण वर्तमान सरकार असफल बनेको दाबी गर्नुभयो।


    सोमवार, माघ १ २०८००९:४२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij