काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सत्ता गठबन्धनले तीनवटा प्रदेशमा कार्यक्रम नै गर्ने भएको छ।माघ ११ गते हुने निर्वाचनलाई लक्षित गरी गठबन्धनले माघ पहिलो साता कोशी, मधेस र बागमती प्रदेशमा राष्ट्रिय सभाका मतदातासँग अन्तक्रिया कार्यक्रम गर्ने तयारी गरेको हो ।
आज बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले गरेको निर्णयअनुसार माघ ६ मा बागमती प्रदेशको काठमाडौँ, माघ ७ गते मधेस प्रदेशको जनकपुर र माघ ८ गते कोशी प्रदेशको विराटनगरमा मतदातासँग अन्तरक्रिया कार्यक्रम गरिने भएको छ।
उक्त कार्यक्रममा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि गठन गरेको केन्द्रीय समन्वय समितिका संयोजक रमेश लेखक, सदस्यहरू वर्षमान पुन, राजेन्द्र पाण्डे र मनिष सुमनले सहभागिता जनाउने गठबन्धन स्रोतले जानकारी दिएको छ।