Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आलमविरुद्धको मुद्दाको पेसी स्थगित, अधिकांश न्यायधीश बिदामा

आलमविरुद्धको मुद्दाको पेसी स्थगित, अधिकांश न्यायधीश बिदामा

  • आइतवार, पौष २९ २०८०

  • 585
    SHARES

  • आलमविरुद्धको  मुद्दाको पेसी स्थगित, अधिकांश न्यायधीश बिदामा

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज तोकिएको अन्तिम सुनुवाइ स्थगित भएको छ।अन्तिम सुनुवाइका लागि आजलाई पेसी रहेपनि जिल्ला अदालत रौतहटका न्यायाधीशहरु बिदामा भएको भन्दै स्थगित गरिएको हो।

    सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो।तर न्यायाधीशहरु नै बिदामा भएकाले पेसीमा चढेन।

    आज अदालतका सात न्यायाधीसमध्ये दुईजना मात्र उपस्थित छन्। गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।

    २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ।


    आइतवार, पौष २९ २०८००२:४१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij