Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन नेताहरुको आग्रह

गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन नेताहरुको आग्रह

  • आइतवार, पौष २९ २०८०

  • 447
    SHARES

  • गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन नेताहरुको आग्रह

    काठमाडौं । माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त अपिल गरेका छन्।

    आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त आह्वान गरेका हुन्।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरुले आह्वान गरेको बताउनुभयो ।

    उहाँले प्रदेशहरुमा र जिल्लाहरुमा समन्वय समितिहरु गठन भएको बारेमा नेताहरुलाई ब्रिफिङ गरिएको पनि बताउनुभयो ।

    अपिलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

    राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार र एमाले र राप्रपा छुट्टाछुट्टै उठेका छन्। १९ सिटको लागि हुने निर्वाचनका लागि ५१ जनाको उम्मेदवारी कायम रहेको छ।


    आइतवार, पौष २९ २०८००१:४६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij