काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुको संख्या घटाउनुपर्ने अबस्था आएको बताउनु भएको छ।
ललितपुरमा आज आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उहाँले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने माग सम्बोधन गर्न असम्भव रहेको बताउनुभयो।
हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको मागमा उहाँले मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै माग सम्बोधनका लागी बरु छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सोच्न सकिने बताउनुभयो।
मन्त्री श्रेष्ठले अहिले कायम रहेका मन्त्रालय बढी रहेकोले त्यसलाई घटाउनै पर्ने बताउनुभयो। उहाँले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिब्रता दिन चाहेको बताउनुभयो।
उहाँले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको दोहो¥याउनुभयो ।