Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्तागठबन्धन : शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध

सत्तागठबन्धन : शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध

  • शनिवार, पौष २८ २०८०

  • 879
    SHARES

  • सत्तागठबन्धन : शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध

    काठमाडौं । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि मतदाताहरूसँग अपिल गर्न शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

    समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति – २०८० ले गठबन्धन उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने पनि निर्णय गरिएको छ ।

    आजको बैठकमा सातवटै प्रदेशबाट राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति – २०८० गठन भएको विवरण र जिल्लाहरूमा पनि समिति गठन भइरहेको जानकारी प्राप्त भई सो बारेमा छलफल भएको थियो । आजको बैठकमा समितिका सदस्यहरू वर्षमान पुन, मनिष सुमन, डा। विजय पौडेल र आमन्त्रित रूपमा गोविन्द चौधरी सहभागी रहेका थिए ।


    शनिवार, पौष २८ २०८००१:४१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij