Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै

  • शनिवार, पौष २८ २०८०

  • 327
    SHARES

  • राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

    दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि ५१ जना उमेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    आयोगका अनुसार ५२ जनाको उम्मेदवारी परे पनि एकजनाको उम्मेदवारी हिजो फिर्ता भएको छ । लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

    राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलबाट उम्मेदवारी परेको छ । यस्तै आयोगको कार्यतालिका अनुसार माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने छ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगले जनाएको छ ।

    माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।


    शनिवार, पौष २८ २०८०११:३१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij