Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

  • शुक्रवार, पौष २७ २०८०

  • 751
    SHARES

  • रेशम चौधरी नागरिक उन्मुक्तिको अध्यक्षमा निर्विरोध

    काठमाडौं।नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ।टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पदमा एकल उम्मेदवारी परेपछी चौधरी निर्विरोध निर्वाचीत हुनुभएको हो।

    आज दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेपछी चौधरी नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित हुनु भएको छ।

    टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोल्नु भएको थियो। हाल रञ्जिता प्रतिनिधी सभाको सांसद तथा केन्द्र सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रहनुभएको छ।

    गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा हुनु भएको थियो।


    शुक्रवार, पौष २७ २०८००४:२०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij