काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिनु भएको छ। आगामी माघ ११ गते हुने उक्त निर्वाचनका लागी लुम्बिनी प्रदेशबाट अन्यतर्फ उमेदवारी दिनुभएका थापाले आज उम्मेदवारी फिर्ता लिनुभएको हो।
थापाले उम्मेदवारी फिर्ता लिएसँगै लुम्बिनीमा अब ६ जना उम्मेदवार कायम रहेका छन्। थापाले गठबन्धन हुन्छ कि भनेर आफूले उम्मेदवारी दिएको तर त्यो सम्भावना नभएपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनु भएको छ।
थापाले राप्रपाले अब कसलाई मत दिने भन्ने विषयमा पार्टीले निर्णय गर्ने जानकारी दिनुभयो। लुम्बिनीमा राप्रपाको महिलातर्फ कपिलवस्तुकी विजय लक्ष्मी सिंहको उम्मेदवारी भने कायमै रहेको छ।