Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा एक्लो उम्मेदवार

रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा एक्लो उम्मेदवार

  • शुक्रवार, पौष २७ २०८०

  • 586
    SHARES

  • रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा एक्लो उम्मेदवार

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदका लागि रेशम चौधरीले उम्मेदवारी दिनुभएको छ। पार्टीका वर्तमान संरक्षकसमेत रहनु भएका चौधरीले कैलालीको टिकापुरमा जारी महाधिवेशनमा केहिबेर अगाडी उमेदवारी दिनुभएको हो।

    जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम जारी रहेको छ। अहिलेसम्म अध्यक्ष पदमा चौधरीको मात्रै उम्मेदवारी परेको छ।

    महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने छन्।

     


    शुक्रवार, पौष २७ २०८००३:१८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij