Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

'विवाह लाइसेन्सको व्यवस्था गरौं ':आरजु राणा

'विवाह लाइसेन्सको व्यवस्था गरौं ':आरजु राणा

  • बिहिवार, पौष २६ २०८०

  • 793
    SHARES

  • 'विवाह लाइसेन्सको व्यवस्था गरौं ':आरजु राणा

    काठमाडौं। नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवाले बालविवाह अन्त्यका लागि विवाह लाइसेन्सको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ।

    आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सचेतनाका साथै कानुनीरूपमा प्रबन्ध गरेर बालविवाह नियन्त्रण गर्नुपर्ने बताउनु भएको हो।

    सामाजिक रूपमा बालबालिकालाई किशोरावस्थामा आउने परिवर्तनबारे सचेत गराउने, अभिभावकलाई बालविवाह गर्दा बच्चाले भोग्नुपर्ने शारीरिक तथा मानसिक समस्याबारे सचेत गराउनुपर्ने भन्दै उहाँले कानुनीरूपमा वडाबाट अनुमति लिएर विहे गर्ने प्रबन्ध गरेमा बालविवाह नियन्त्रण हुने बताउनुभयो।

    नेपालमा १५ मुनिको बालबिबाह ८ प्रतिशत र १८ मुनिको बालविवाह ३३ प्रतिशत गरी कुलमा ४१ प्रतिशत रहेको र यो भयावह अवस्था रहेको भन्दै सभापति डा.देउवाले सन् २०३० सम्म नेपालले बालबिबाह अन्त्य गर्नुपर्ने लक्ष्य हासिल गर्न सामाजिक र कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो।

    यसमा सरकारसँग समन्वय गरेर कार्यान्वयनमा ल्याउन सभापति देउवाले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिलाई अनुरोध समेत गर्नुभयो।


    बिहिवार, पौष २६ २०८००३:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij