Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

जसपा नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि बस्दै

जसपा नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि बस्दै

  • बिहिवार, पौष २६ २०८०

  • 460
    SHARES

  • जसपा नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि बस्दै छ । आज दोस्रो दिनको बैठक महाधिवेशनमा केन्द्रित हुने भएको छ ।

    महाधिवेशनभन्दा अगाडि पालिकादेखि प्रदेशसम्मको अधिवेशन सम्पन्न गर्नुपर्ने तथा निर्वाचित समितिको अभिलेख केन्द्रीय संगठन विभागमा पठाउनुपर्ने हिजोको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

    महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, नीति कार्यक्रम, आर्थिक प्रतिवेदनलगायत दस्तावेजको मस्यौदा, महाधिवेशन लागि व्यवस्थापन, प्रचारप्रसार र आर्थिक कामलाई पनि व्यवस्थित गर्ने भनिएको छ ।

    राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय विभाग तथा संयन्त्रको जिम्मेवारीलगायत विषयमा बैठक केन्द्रित हुने जसपाले जनाएको छ ।


    बिहिवार, पौष २६ २०८००८:४६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij