Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैद सजाय

भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैद सजाय

  • बुधवार, पौष २५ २०८०

  • 1.6K
    SHARES

  • भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैद सजाय
    काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय भएको छ। मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो। 
     
    विशेष अदालतले यसअघि नै भ्रष्टाचार मुद्दामा उनीसहित दुई जना दोषी ठहर गरिसकेको थियो।  बुधबार(आज) भने सजाय निर्धारण गरेको हो। 
     
    क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए।
     
    शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ। १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो। उक्त रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला भएको हो। 
     
    यस्तै सोही प्रकरणमा पूर्व प्रहरी नायब निरीक्षक (लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद र शाहलाई नै कायम गरिएको बराबरको १६ लाख ६९ हजार ४२ रुपैयाँ जरिवाना गरेको छ।


    बुधवार, पौष २५ २०८००७:१४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij