Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भूकम्प प्रभावित जिल्लाका लागि दैविक सहायता कोषबाट २ अर्ब उपलब्ध गराउने सरकारको निर्णय

भूकम्प प्रभावित जिल्लाका लागि दैविक सहायता कोषबाट २ अर्ब उपलब्ध गराउने सरकारको निर्णय

  • बुधवार, पौष २५ २०८०

  • 475
    SHARES

  • भूकम्प प्रभावित जिल्लाका लागि दैविक सहायता कोषबाट २ अर्ब उपलब्ध गराउने सरकारको निर्णय
    काठमाडौं । सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरूका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
     
    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्‍चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय भएको जानकारी दिनुभयो।
     
    यस्तै बैठकले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित एक सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौता र कार्यक्रम सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ। 
     
    सरकारले सशस्त्र प्रहरी बल नेपालको श्रेणीविहीन पदमा स्तर वृद्धि कायम भएका श्रेणीविहीन प्रथम, द्वितीय र तृतीय, चतुर्थ र पाँचौं स्तरको सुरु तलबमान ग्रेड संख्या ग्रेड दर स्वीकृत गर्ने, भारतको गुजरातमा हुने दशौं भाइब्रेण्ट गुजरात ग्लोबल समिट २०२४ मा भाग लिन पुस २४ देखि २७ सम्म अर्थमन्त्रीलाई भाग लिन स्वीकृत दिने निर्णय पनि गरेको छ।
     
    त्यस्तै २०८० पुस २७ र २८ मा काठमाडौंमा हुने नेपाल–भारत वाणिज्य सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ।


    बुधवार, पौष २५ २०८००५:५३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij