Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् : भीम रालव

जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् : भीम रालव

  • आइतवार, कार्तिक २ २०७७

  • 1.6K
    SHARES

  • जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् : भीम रालव

    काठमाडौं । कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसक्नुु भएको छ भने अर्का नेता भीम रावलले पनि रकम नलिने घोषणा गर्नुुभएको छ ।

    आज विहान एक ट्वीट मार्फत नेता रावलले खातामा भत्ताको रकम राखिएको थाहा पाएको बताउँदै आफ्नो खाताबाट रकम कट्टी गर्न आग्रह गर्नुुभएको छ । ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस्’ सांसद रावलले लेख्नुभएको छ, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

    संसद सचिवालयले सांसदहरुलाई दशैं भत्ता दिएको भनी सर्वत्र आलोचना भइरहेको छ । विशेषगरी मिडियो र सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको छ । संघीय कानुनमा सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था भए पनि दशैं खर्चसम्बन्धी व्यवस्था छैन ।


    आइतवार, कार्तिक २ २०७७१२:३९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij