Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

  • बुधवार, पौष २५ २०८०

  • 470
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने
    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न र चार महिने अभियानको समीक्षा गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको हो ।
     
    पार्टी सचिव राम कार्कीका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ भने चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।
     
    माओवादी केन्द्रको भदौदेखि सुरु अभियान समापन गरिसकेको छ । सात वटै प्रदेशबाट आउने अभियानको रिपोर्टसहित स्थायी कमिटीमा छलफल हुनेछ ।
     
    यस्तै पार्टीले आगामी फागुन पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरेको छ । त्यसका लागि माओवादी केन्द्रले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।


    बुधवार, पौष २५ २०८००५:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij