Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले लिए शपथ

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले लिए शपथ

  • मंगलवार, पौष २४ २०८०

  • 591
    SHARES

  • कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले लिए शपथ

    काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिनुभएको छ ।

    मंगलबार प्रदेशसभाबाट निर्वाचित भए लगतै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

    राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बन्नुभएको हो ।

    सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित हुनुहुन्थ्यो ।

    सभामुख विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने बताउनुभयो । निर्वाचित भएपछि उहाँले भन्नुभयो, ‘सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’


    मंगलवार, पौष २४ २०८००६:२६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij