काठमाडौं । सरकारले राष्ट्रिय विकास परिषद्मा जिल्ला समन्वय समिति, स्थानीय तह र विभिन्न निकायका पदाधिकारीहरूमध्येबाट २५ जना सदस्यहरू मनोनयन गरेको छ । मंगलबार(आज) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै सरकारले विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुट भएका सहिदहरूको नाम प्रकाशन गर्ने तथा थप सहिद घोषणा गर्ने निर्णय गरेको छ ।