Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

  • मंगलवार, पौष २४ २०८०

  • 735
    SHARES

  • नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत
    काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ। मंगलबार(आज) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका  प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राधिकरणका अध्यक्षको राजीनामा स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
     
    उहाँले प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठन गर्ने  र तत्कालका लागि प्राधिकरण सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएको बताउनुभयो ।
     
    मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद लगायतका विषयमा अनियमिततामा संलग्न भएको आरोप लागेपछि प्राधिकरणका अध्यक्षले आज पदबाट राजीनामा दिनुभएको थियो। 


    मंगलवार, पौष २४ २०८००५:२८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij