काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार(आज) सभामुख निर्वाचित भएका विष्टले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शपथ लिनुभएको हो।
विष्ट निर्विरोध सभामुख निर्वाचित हुनुभएको थियो। आजको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो।
गत साउनमा तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि यो पद रिक्त थियो।