Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत चयन

कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत चयन

  • मंगलवार, पौष २४ २०८०

  • 669
    SHARES

  • कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत चयन
    काठमाडौं । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । कोशी प्रदेशसभाको मंगलबार(आज) बसेको बैठकबाट उहाँ सर्वसम्मत चयन हुनुभएको हो । 
     
    गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । आज बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो  । सोही निर्णयको आधारमा बिहान १० बजे बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्वाचन सम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अनुसार सार्वजनिक भएको निर्वाचन तालिका अनुसार आज दिउँसो ३:०० बजे निर्वाचन राखिएको थियो । सो सूचना अनुसार विष्टले उम्मेदवारी दिनुभएको थियो । 
     
    दिउँसो ३ः३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गर्नुभएको थियो।
     
    उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गर्नुभएको हो ।


    मंगलवार, पौष २४ २०८००३:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij