Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीका नेतालाई ओलीले भने, ‘हामी दुईको निष्कर्ष मान्नुहोस्’

कर्णालीका नेतालाई ओलीले भने, ‘हामी दुईको निष्कर्ष मान्नुहोस्’

  • शनिवार, कार्तिक १ २०७७

  • 1.1K
    SHARES

  • कर्णालीका नेतालाई ओलीले भने, ‘हामी दुईको निष्कर्ष मान्नुहोस्’

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन्।

    उनले शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा नेताहरुलाई बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताएका छन्।

    ओलीले दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्न निर्देशन दिएको एक नेताले बताए।

    बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका ती नेताले जानकारी दिए।

    बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिएनन् ।

    बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राखेका थिए ।

     


    शनिवार, कार्तिक १ २०७७०५:५८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij