काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
राष्ट्रिय सभामा रिक्त हुने २० पदमध्ये १९ पदमा माघ ११ गते हुने निर्वाचनका लागि आज(सोमबार) उम्मेदवारको मनोनयन दर्ता हुने भएको हो। आज दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली पुस २७ गते प्रकाशन हुनेछ।
सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गर्नसक्ने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० गते सकिने भएको र पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।