Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन: कांग्रेसले टुंगायो उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति

राष्ट्रियसभा निर्वाचन: कांग्रेसले टुंगायो उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति

  • सोमवार, पौष २३ २०८०

  • 1.2K
    SHARES

  • राष्ट्रियसभा निर्वाचन: कांग्रेसले टुंगायो उम्मेदवार, महामन्त्री थापाको लिखित असहमति

    काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पनि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। लामो रस्साकस्सीपछि कांग्रेसले आज(सोमबार) बिहान बल्ल उम्मेदवार उम्मेदवारको टुंगो लगाएको हो ।

    जसअनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय भएको छ। बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनी, गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

    यस्तै कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ। कांग्रेसका १० जना उम्मेदवारमध्ये शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले तीन जना पाएको छ। गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बन्नुहुने छ।

    उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित रुपमै असहमति राख्नुभएको छ। सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको भन्दै थापाले यस्ता आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने उल्लेख गर्नु भएको छ।

    यस्तै मधेश प्रदेशबात ढुंगानालाई उम्मेदवार बनाउने निर्णयमा नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीको पनि लिखित असहमति छ । मधेस प्रदेशबाट मधेशी मूलका व्यक्तिलाई उम्मेदवार नबनाइएको भन्दै नेताहरुको आपत्ति रहेको बताइएको छ।


    सोमवार, पौष २३ २०८००६:४१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij