Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मन्त्री किराँती र चिनियाँ कम्युनिस्ट पार्टीका डेपुटी सेक्रेटरी सीबीच भेटवार्ता

मन्त्री किराँती र चिनियाँ कम्युनिस्ट पार्टीका डेपुटी सेक्रेटरी सीबीच भेटवार्ता

  • शनिवार, पौष २१ २०८०

  • 597
    SHARES

  • मन्त्री किराँती र चिनियाँ कम्युनिस्ट पार्टीका डेपुटी सेक्रेटरी सीबीच भेटवार्ता
    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका डेपुटी सेक्रेटरी सी युङ्गङगबीच भेटवार्ता भएको छ ।
     
    उनीहरूबीच शनिबार दिउँसो नेपालका लागि चिनियाँ दूतावास र परराष्ट्रका अधिकारीसहित सिंहदरबारमा भेटवार्ता भएको हो । मन्त्रालयमा भएको भेटमा मन्त्री किराँतीले दुई देशलाई हिमालले सिमाना लगाएको र हिमाल जस्तै सम्बन्ध पनि अग्लो  रहेको बताउनुभएको थियो।
     
    नेपाली चेली भृकुटीमार्फत कुटुम्बेरी साइनोबाट दुई देशबीचको सम्बन्ध विस्तार भएको मन्त्री किराँतीले चिनियाँ नेतालाई भन्नुभयो । सन् २०२३ मा ६० हजार चिनियाँ पर्यटक नेपाल आएको भन्दै यसका लागि चीन सरकारलाई उहाँले धन्यवाद समेत दिनुभयो ।
     
    यस्तै, सीले युनान प्रान्तको पर्यटनका बारेमा चर्चा गर्दै नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको थियो । नेपाल आफैंमा सुन्दर रहेको बताउँदै उनले नेपालीहरूको संस्कृति र इमान्दारिता नेपालीको अर्को विशेषता रहेको बताउनुभयो ।
     
    नेपालले पर्यटनमा पछिल्ला समय गरिरहेको प्रगतिले आफू उद्वेलित रहेको समेत सीले बताउनुभएको थियो । सीसँगको भेटमा मन्त्री किराँतीले राजनीतिक आन्दोलन समयमै पूरा गरेर हाल चीनले गरेको विकाससँग नेपालले धेरै कुरा सिक्न चाहेको बताउनुभयो ।
     
    नेपालले लामो समय राजनीतिक आन्दोलन र परिवर्तनका लागि समय खर्च गर्नुपरेको भन्दै उहाँले अब यात्रामा विकसित मुलुकको अनुभवसँग सिकेर अगाडि बढ्ने बताउनुभयो ।


    शनिवार, पौष २१ २०८००४:२५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij