Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएका छौं : नगर प्रमुख श्रेष्ठ

युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएका छौं : नगर प्रमुख श्रेष्ठ

  • शनिवार, कार्तिक १ २०७७

  • 1.2K
    SHARES

  • युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएका छौं : नगर प्रमुख श्रेष्ठ

    काठमाडौं । सिद्धिचरण नगरापालिका ओखल्ढुङगाका प्रमुख मोहनकुमार श्रेष्ठले विश्वव्यापी महामारीका कोरोनाका कारण स्वादेश फर्किएका युवाहरु लक्षित रोजगार सिर्जना आफूहरुको प्राथमिकतामा रहेको बताउनुभएको छ । विदेशमा रहँदा उनीहरुले गरेका काम, सिकेका सीप र युवाहरुकै चाहनाअनुसार नगरपालिकाले युवाहरुलाई स्वारोजगार बन्न सहजीकरण गर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा उहाँले यस्तो बताउनुभएको हो । प्रमुख श्रेष्ठले युवाहरुलाई स्वरोजगार तुल्याउन विशेष गरी कृषि क्षेत्रलाईलाई प्राथमिकता दिइएको बताउनुभएको छ । यसबाहेक अन्य पेसा–व्यवसाय गर्न चाहने युवाहरुलाई पनि नगरपालिका र बैंकबाट सहुलियत ऋण उपलब्ध गराउन सहजीकरण गरिदिने उहाँको भनाइ छ ।

    प्रमुख श्रेष्ठले कोरोना महामारीविरुद्ध संघीय सरकारको निर्देशन पालना मात्र नभई नगरपालिका आफैले पनि विविध प्रयास गरिरहेको बताउनुभएको छ । यस्तै उहाँले स्थानीय तहमा जनप्रतिनिधि पुगिसकेपछि वर्षौंअघि हुन नसकेको विकास निर्माणका काम पनि भएको दाबी गर्नुभयो ।

    सुन्नुस् नगर प्रमुख श्रेष्ठसँग गरिएको कुराकानी:


    शनिवार, कार्तिक १ २०७७०४:०९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij