Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भारतीय विदेशमन्त्रीको भ्रमणका विषय विभाजित टिप्पणी शुरु, नेपालको पानीमा नजर रहेको दाबी (खास खबर)

भारतीय विदेशमन्त्रीको भ्रमणका विषय विभाजित टिप्पणी शुरु, नेपालको पानीमा नजर रहेको दाबी (खास खबर)

दूतावासले खर्च गर्न पाउने २० करोडमा विवाद
  • शुक्रवार, पौष २० २०८०

  • 531
    SHARES

  • भारतीय विदेशमन्त्रीको भ्रमणका विषय विभाजित टिप्पणी शुरु, नेपालको पानीमा नजर रहेको दाबी (खास खबर)
    काठमाडौं । भारतीय विदेशमन्त्री एस.जयशंकरको दुई दिने नेपाल भ्रमण सकिएको छ । उहाँको यो भ्रमणका क्रममा भएको सम्झौतालाई केहीले ठुलो उपलब्धिका रुपमा लिएका छन् भने कतिपयले हात्तीको देखाउने र चपाउने दाँत फरकभएजस्तै गरी टिप्पणी गरेका छन् । भ्रमणका क्रममा कुनै राजनीतिक सन्धिसम्झौतामा छलफल नभएपनि विकास निर्माण, आर्थिक समृद्धिलगायतका विषयमा महत्त्वपूर्ण निर्णय भएको सरकार पक्षको दाबी छ । उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि बजेटको सीमा पाँच करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको छ । यो सम्झौतामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । नेकपा एमालेका सांसद रघुजी पन्तले यस सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, दबाब र हस्तक्षेपलाई निम्त्याउने दाबी गर्नुभयो ।
     
    ३ करोड ५ करोड हुँदै भारतीय दूतावासले नेपालमा सीधै २० करोड लगानी गर्न पाउने विषय सत्य रहेको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको आफ्नै प्रक्रिया रहेको स्पष्ट पार्नुभयो । यद्यपि एमालेले उठाएको कुरामा ध्यानाकर्षण भएको उहाँको भनाइ थियो । 
     
    परराष्ट्रविद् हेमराज कार्कीले भारतले नेपालको पानीमाथि नजर लगाएको बताउँदै अबको केही वर्षमै त्यहाँ पानीको हाहाकार हुने दाबी गर्नुभयो । तत्कालीन समयमा नेपालको संसद्मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको पानी र जवानी आफूहरूलाई आवश्यक रहेको बताएका थिए । 
     
    राजनीतिक विश्लेषक भेषराज घिमिरे र डा. विष्णु दाहालले एस जयशंकरको भ्रमण शंकास्पद रहेको टिप्पणी गरेका छन् । विश्लेषक घिमिरेका अनुसार राष्ट्रिय स्वार्थ र हितका विषयमा चुईक्क बोल्न नसक्नु कमजोरी हो । डा. दाहालले पनि नेपालको विद्युत् बिक्रीका क्रममा भारत कानमा तेल हालेर बसेको दृष्टान्त पेश गर्नुभएको छ । 
     
    छिमेकी दुई ठूला मुलुक चीन र भारतले विश्व प्रतिस्पर्धा गरिरहेका बेला बीचको देशमा चरम गरिबी हुनु  लज्जाको विषय हो । दुई देशसँग सुमधुर सम्बन्ध स्थापना गरी समृद्ध बन्ने बाटोमा जान खोजेको पनि देखिँदैन । मुलुकको राजनीतिक अस्थिरताकै कारण भ्रष्टाचारले सीमा नाघेको छ । यहीँ अवस्था कायम रहने हो भने राष्ट्रिय रूपमै खतरा आउने देखिन्छ । 
     


    शुक्रवार, पौष २० २०८००७:५०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij