Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुविधा गाउँ पस्दा मान्छे सहर पसे : राष्ट्रपति पौडेल

सुविधा गाउँ पस्दा मान्छे सहर पसे : राष्ट्रपति पौडेल

  • शुक्रवार, पौष २० २०८०

  • 665
    SHARES

  • सुविधा गाउँ पस्दा मान्छे सहर पसे : राष्ट्रपति पौडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेपनि गाँउबाट युवा पलायन नरोकिनु चिन्ताको विषय भएकोे बताउनु भएको छ। आज तनहुँको भानु नगरपालिकास्थीत पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नु भएको हो।

    राष्ट्रपति पौडेलले अबको दुई–चार वर्षमा सबै गाउँमा कालोपत्रे सडक पु¥याउने योजनाकासाथ लागि परेपनि त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने चिन्ता बढी रहेको समेत सुनाउनु भयो। उहाँले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्नुभयो।

    राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको आधारशीला भएको बताउँदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्नुभयो।

    सिप र आचरणबिनाको नागरिकबाट देश संवृद्ध हुन नसक्ने हुँदा वर्तामा शिक्षा प्रणालीले त्यसलाई संवोधन गर्नुपर्ने उहाँको भनाइ थियो।


    शुक्रवार, पौष २० २०८००४:३५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij