Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालकुमारी घटना छानबिन आयोगका अध्यक्षलाई राज्यमन्त्रीसरहको सुविधा

बालकुमारी घटना छानबिन आयोगका अध्यक्षलाई राज्यमन्त्रीसरहको सुविधा

  • शुक्रवार, पौष २० २०८०

  • 633
    SHARES

  • बालकुमारी घटना छानबिन आयोगका अध्यक्षलाई राज्यमन्त्रीसरहको सुविधा

    काठमाडौं। ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा प्रहरीले गोली हानेर मारेको घटनामा छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगका अध्यक्षलाई राज्यमन्त्री सरहको सेवा सुविधा दिइने भएको छ। सरकारले तोकेको सेवा सुविधामा अध्यक्षलाई राज्यमन्त्रीसरह र सदस्यलाई सचिवसरहको सेवा सुविधा दिइएको हो ।

    आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराई हुनुहुन्छ ।

    आयोगका अध्यक्ष पौडेलले आफूले पाउने पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापतको रकम पाउनुहुनेछ भने आयोगका सदस्यलाई राजपत्रांकित विशिष्ट श्रेणी सरहको पारिश्रमिक एवम उक्त पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापत मासिक ७० हजार रूपैयाँ नै उपलब्ध गराइनेछ।

    गत पुस १३ गते ललितपुर महानगरपालिका–८ बालकुमारीमा भएको घटनानको सम्बन्धमा निष्पक्ष र वस्तुगत छानबिन गर्नका लागि जाँचबुझ आयोगलाई कार्यादेश दिएको छ ।

    इपीएस भाष परीक्षामा आवेदन हाल्नुपर्ने माग गर्दै बालकुमारीमा भएको प्रदर्शनमा दुई युवामा ज्यान गएको थियो। सो घटनाको जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको हो ।


    शुक्रवार, पौष २० २०८००४:०९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij