Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो

  • शुक्रवार, पौष २० २०८०

  • 655
    SHARES

  • एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो
    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सरेको छ। आजका लागि बोलाइएको बैठक भोलि शनिबार बिहान साढे ८ बजे बस्ने गरी स्थगित भएको पार्टी कार्यालय स्रोतले जनाएको छ।
     
    राष्ट्रियसभाको निर्वाचन र विधान संशोधन मस्यौदालगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्न लागेको हो।
     
    सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रतिपक्ष एमालेलाई समेत राष्ट्रियसभाका सिटमा भागबन्डा गर्न खोजेपछि अर्को सत्तारुढ दल एकीकृत समाजवादी रुष्ट बनेको छ। बैठकमा त्यस विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिएका छन्।


    शुक्रवार, पौष २० २०८००२:५४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij