काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफललगायतका विषय प्रमुख एजेण्डा छन् ।
राष्ट्रियसभामा एमालेले गठबन्धनसँग ६ सीटको प्रस्ताव गरेको छ । टीआरसी विधेयकमा अड्को थापेर राष्ट्रियसभामा एमालेले सीट मागेको गठबन्धनका नेताले बताउँदै आएका छन् । गठबन्धनले भने पहिले समितिबाट पारित गर्नुपर्ने शर्त अघि सारेको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले पुस २३ गते मनोनयनको समय तोकेको छ ।
सचिवालय बैठकमा, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।