काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनु भएको छ। आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर परराष्ट्रमन्त्री एनपी साउदले विदाई गर्नुभयो।
हिजो नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन काठमाडौं आउनु भएको जयशंकरले हिजै उच्चस्तरीय भेटवार्ता गर्नु भएको थियो। यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो।
जयशंकरले स्वदेश फर्किनुअघि आज बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गर्नु भएको थियो। आज नै बिहान जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय पनि उद्घाटन गर्नु भएको थियो ।