काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो पौने १ बजे शुरु हुनेगरी बैठक बोलाइएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
आजको बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।
एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो।सिफारिस उम्मेदवारबारे आजको बैठकमा छलफल गरेर टिकट दिने तयारी एमालेले गरेको छ।