Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आइपगे, यस्तो छ भोलिसम्मको कार्यतालिका

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आइपगे, यस्तो छ भोलिसम्मको कार्यतालिका

  • बिहिवार, पौष १९ २०८०

  • 439
    SHARES

  • भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आइपगे, यस्तो छ भोलिसम्मको कार्यतालिका

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुग्नुभएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर केहिबेरअगाडि मात्रै काठमाडौं आइपुग्नुभएकको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।

    भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।

    आजै पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ । आजै दिउँसो १ बजे उहाँ परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने कार्यक्रम छ । भोलि बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उहाँ भोलि नै स्वदेश फर्किने तय भएको छ ।

     


    बिहिवार, पौष १९ २०८०१०:१२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij