Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै, नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता हुने

भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै, नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता हुने

  • बिहिवार, पौष १९ २०८०

  • 393
    SHARES

  • भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै, नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता हुने

    काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

    परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

    काठमाडौँ अवतरण गरे लगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानुहुने छ त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्नुहुने छ ।

    त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उहाँ सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुने कार्यतालिका रहेको छ । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

     


    बिहिवार, पौष १९ २०८००७:३६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij