Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

बालुवाटार छिरे केपी शर्मा ओली

बालुवाटार छिरे केपी शर्मा ओली

  • बुधवार, पौष १८ २०८०

  • 1.3K
    SHARES

  • बालुवाटार छिरे केपी शर्मा ओली

    काठमाडौं । राष्ट्रियसभाको सीट भागबन्डाको लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान ९ बजे बस्ने गरी गठबन्धनको बैठक सकिएको हो ।

    बैठक सकिएलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार प्रवेश गर्नुभएको छ ।

    हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको छलफलमा राष्ट्रिसयभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ । सोहीअनुसार अहिले गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्डले ओलीलाई पनि सीट भागबन्डाको विषयमा छलफल गर्न बालुवाटार डाक्नुभएको हो ।

    एमालेसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।

     


    बुधवार, पौष १८ २०८००५:४२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij