काठमाडौं। सत्ता गठबन्धनका चार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले जारी रहेको छ। बैठक दिउँसो ३ बजेदेखी सुरु भएको छलफलमा सहभागी एक नेताले जानकारी दिनुभयो। बैठकमा राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल हुँदै छ।
सत्ताघटक नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू सहभागी छन्।आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पनि बालुवाटारमै छलफल हुँदैछ।
आज बिहान पनि कांग्रेस र माओवादीका शीर्ष नेताहरू बालुवाटारमै छलफल गरेका थिए।कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का,महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको थियो।
१९ सिटका लागि माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ। त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। आज विहान पनि कांग्रेस र माओवादीबीच राष्ट्रिय सभा चुनावमा एमालेलाई पनि समेट्ने विषयमा छलफल भएको थियो। यससँगै सत्ता गठबन्धनभित्र कुन दलले कति सिट लिने भन्नेमा टुँगो लगाइने भएको छ।