Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सरकारले सुशासनलाई प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड

सरकारले सुशासनलाई प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड

  • बुधवार, पौष १८ २०८०

  • 498
    SHARES

  • सरकारले सुशासनलाई प्राथमिकता दिएको छ  : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको दाबी गर्नुभएको छ।

    १६ औँ राष्ट्रिय इन्जिनियर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्षमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै अगाडि बढेको बताउनु भएको हो।

    सरकारको लक्ष्य पूरा हुन आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्ने उहाँले बताउनुभयो। उहाँले ठूला ठूला आयोजनाको निर्माणलाई अघि बढाएर मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने धारणा राख्नुभयो।

    सडक, लोकमार्ग, उर्जा, विद्युत्, सञ्चार, विमानस्थल, सिंचाइ, खानेपानी तथा ढल निकासका ठूला परियोजनाहरू गुणस्तरीय निर्माणद्वारा तोकिएकै समयमा सम्पन्न गर्न सकेमात्र आर्थिक विकासको ढोका खुल्न सक्ने उहाँले बताउनु भयो।

    नेपालको राजनीति संक्रमणकाल पार गरी स्थायित्वतर्फ अग्रसर भएको भन्दै उहाँले दलहरूले गरेको प्रतिबद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताउनु भयो।

    उहाँले देश विकासको गतिलाई द्रूतरूपमा अगाडि बढाउन इन्जिनियर समुदायको भूमिकालाई अभिवृद्धि र प्रोत्साहनपूर्वक प्रयोग गर्न सकेमा मात्र विकास र समृद्धिको एजेण्डाले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो।


    बुधवार, पौष १८ २०८००३:४९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij