Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

  • बुधवार, पौष १८ २०८०

  • 1.1K
    SHARES

  • उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)
    काठमाडौं । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को बुधबार(आज) बसेको बैठकले जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट ४ जना र कानून व्यवसायीतर्फबाट ९ जना गरी ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो ।
     
    जिल्ला न्यायाधीशतर्फबाट राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरुलगायत उच्च अदालतको न्यायाधीश बन्नुभएको छ ।
     
    न्याय सेवाबाट महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ताद्वय रमादेवी पराजुली र हरिप्रसाद जोशी, सर्वोच्च अदालतका सह–रजिस्ट्रार नेत्रप्रकाश आचार्य र कानून मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदी न्यायाधीशमा नियुक्त हुनुभएको छ । 
     
    कानून व्यवसायीतर्फबाट खेमराज भट्ट, अस्मिन कुमार राई, मात्रिकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डंगोललगायतलाई न्यायाधीश बनाइएको छ ।
    1.jpg2.jpg3.jpg


    बुधवार, पौष १८ २०८००२:३८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij