काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सत्ता गठबन्धनका दलहरु सकारात्मक देखिएका छन्। बालुवाटारमा हिजो र आज बसेको नेपाली कांग्रेस र माओवादीको बैठकबाट एमालेलाई पनि केही सिट छुट्याउन लचक देखिएका हुन्।
राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट मात्रै आठ जनाको कार्यकाल सकिँदैछ।दुई दल विचको सहमतिमा थप छलफल गर्न सत्ता घटकका एकीकृत समाजवादी र जनता समाजवादी कांग्रेस–माओवादीले आज दिउँसो ३ बजे छलफल गर्ने भएका छन्।
उक्त छलफलबाट एमालेलाई कति सिट छुट्याउने भन्ने विषयमा टुंगो लगाइनेछ ।त्यसलगत्तै आज साँझ ५ बजे सत्ता गठबन्धन र एमालेबीच बैठक हुने भएको छ। उक्त बैठकमा गठबन्धनबाट निस्किएको सहमती प्रस्ताव गरि छलफल गरिनेछ।
यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो।