Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

चारमहिने विशेष रूपान्तरण अभियान सफल भएको माओवादी केन्द्रको दाबी,अभियान उपलब्धीमुलक मान्न नसकिने विश्लेषकहरुको तर्क(खासखबर)

चारमहिने विशेष रूपान्तरण अभियान सफल भएको माओवादी केन्द्रको दाबी,अभियान उपलब्धीमुलक मान्न नसकिने विश्लेषकहरुको तर्क(खासखबर)

  • मंगलवार, पौष १७ २०८०

  • 457
    SHARES

  • चारमहिने विशेष रूपान्तरण अभियान सफल भएको माओवादी केन्द्रको दाबी,अभियान उपलब्धीमुलक मान्न नसकिने विश्लेषकहरुको तर्क(खासखबर)

    काठमाडौं। नेकपा माओवादी केन्द्रले समग्रमा विशेष रूपान्तरण अभियान उत्साहजनक भएको बताएको छ । पार्टीले सञ्चालन गरेको चारमहिने विशेष रूपान्तरण अभियान समापनको विषयमा प्रचार विभागले मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान सफल भएको निष्कर्ष निकालेको हो । विशेष रूपान्तरणले साङ्गठनिक संरचना गतिशील भएको र पार्टी छोड्ने समस्याको अन्त्य हुँदै गएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

    संगठन नबनेको ठाउँमा संगठन बनेको र निष्क्रिय भएको ठाउँमा सक्रिय भएको माओवादीको दाबी छ।यस्तै सापकोटाले अभियानबाट पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको बताउनुभएको छ। अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको उहाँको भनाइ थियो।

    धेरै अन्तर्विरोध हल हुँदै गएको बताउँदै उहाँले मूल्याङ्कनको आधार धेरै राम्रो भएको स्पष्ट पार्नुभयो । साथै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विषयमा उठेका प्रश्नहरुको हल हुँदै गएको बताउँदै उहाँले सरकार सञ्चालनको प्रक्रियाका बारे स्वयं प्रधानमन्त्रीले नै बोलिसकेको बताउनुभयो।

    राजनीतिक विश्लेषकहरुले पनि माओवादीको गाउँ अभियानले पार्टीलाई पुनर्ताजकीकरण गरेको बताएका छन्। जनतालाई दिएका आश्वासन र भरोषामाथि भने पार्टीले गृहकार्य गर्दै जानुपर्ने उनीहरुको सुझाव छ। राजनीतिक विश्लेषक गोविन्दमानसिंह कार्कीका अनुसार कार्यकर्तालाई केही मात्रामा आश्वासन भएपछि यो अभियानले उछाल ल्याउँछ भन्ने अवस्था देखिदैन ।माओवादी केन्द्र शान्ती प्रक्रियामा आइसकेपछि प्रत्यक्ष, परोक्ष रुपमा सत्तामा रहँदै आएको छ ।

    सशस्त्रद्वन्द्वकालमा जनतालाई बाँडेका आश्वासनका कारणले माओवादी पटकपटक आलोचित पनि बन्दै आएको छ । पछिल्लो समय माओवादी नेताहरुमा आएको परिवर्तन र विलासिताका कारण पनि जनता निराश बन्दै गएका छन् । जनताको अवस्थामा पनि परिवर्तन आएको भए यो आन्दोलनको महत्व थप बढ्थ्यो तर सिमति मान्छे र वर्गहरुको हालीमुहाली हुँदा आन्दोलनको सार्थकतामाथि समेत प्रश्न उठ्न थालेको छ ।


    मंगलवार, पौष १७ २०८००८:०६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij